२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

नेप्सेसँगै घट्यो कारोबार रकम

१९ कात्तिक, काठमाडौं । बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ५.०९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन १८ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।  १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : November 5, 2026 at 3:25 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/