७ असार २०८३, आइतबार | Sun Jun 21 2026

छुट्ला है ! एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१ साउन, काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात साउन २ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांस गरी कुल १८.९४७४ प्रतिशत लाभांस वितरण प्रदान गर्ने निर्णय गरेको छ ।

इन्स्योरेन्सले साउन २३ गते प्रभु इन्स्योरेन्सको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुने, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित मिति : July 17, 2025 at 9:08 am