बीमा प्राधिकरणको कार्यवाहक अध्यक्षमा सेवन्तक पोखरेल
३१ असार, काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो।
मन्त्री परिषद्को बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानबिन समिति गठन गरेसँगै उहाँ बीमा ऐन २०७९ को व्यवस्था अनुसार स्वतः निलम्बनमा पर्नुभएको हो ।
प्रकाशित मिति : July 15, 2025 at 10:12 am









