२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

सेयर धितो कर्जाको सीमा बढेर २५ करोड पुग्याे

२७ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको एकल कर्जा सीमालाई बढाएको छ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जा सीमा बढाएको हो।

हाल व्यक्तिगततर्फ १५ करोडसम्मको सीमा कायम रहेकोमा गभर्नर डा. विश्वनाथ पौडेलले बढाएर २५ करोड रुपैयाँ पुर्‍याउनुभएकाे हाे ।

याेसँगै अब एक व्यक्तिले पनि २५ करोडसम्मको सेयर धितो कर्जा लिन सक्नेछ।

प्रकाशित मिति : July 11, 2025 at 1:34 pm