३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

नेप्सेमा २३ अर्ब ६३ करोड बराबरको बोनस सेयर सूचीकृत

२४ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २३ अर्ब ६३ करोड बराबरको बोनस सेयर सूचीकृत भएकाे छ । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेप्सेमा रु.२३ अर्ब ६३ करोड बराबरको बोनस सेयर, रु.२२ अर्ब ४० करोड बराबरको साधारण सेयर, रु.१२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु.६३ अर्ब ५० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रकाशित मिति : July 8, 2025 at 1:39 pm