१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

रसुवामा बाढीमा ६ जना चिनियाँसहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

२४ असार, काठमाडौँ । रसुवामा आएको भीषण बाढीमा परी ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार घटनापछि ९ जनाको सकुशल उद्धार गरिएको छ।

प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा भारी वर्षापछि अकस्मात् आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ।
चीनको भू–भागमा अविरल वर्षा भएपछि रातिदेखि नै भोटेकोशी नदीमा पानीको बहाव अत्यधिक बढेको थियो। बाढीले धेरैलाई सम्पर्कविहीन बनाएको जनाइएको छ।

बाढीका कारण नेपाल–चीन सिमानामा रहेको मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पुल सञ्चालनबाहिर गएपछि मानिस र सवारी साधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय टोली उद्धार तथा खोजतलासमा खटिएका छन्। बेपत्ताहरूको खोजी कार्य जारी रहेको र थप क्षतिको विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : 09:12