१ माघ २०८२, बिहीबार | Fri Jan 16 2026

त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार

२४ असार, काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।

बाढीमा फसेकाहरू सिसौको रुखमा चढेर बसेका थिए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार ०८:२७