२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारीसम्म जोडिएका छन्ः राप्रपा

२३ असार, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिए बताउनुभएकाे छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समिति माग गर्नुभयो ।

उहाँले छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्ने पनि बताउनुभयो । ‘ भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारी जोडिएका छन् । अन्य विषयहरुमा जस्तै यस प्रकरणको अनुसन्धानको लागि पनि छानविन समिति गठन होस् भन्ने माग राख्न चाहन्छु । यदी भएन भने आज पनि राप्रपाले सदन बहिस्कार गर्नेछ ।’

प्रकाशित मिति : 15:12