२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कुलिङ पिरियडको गडबडीः छानबिन समितिमा कांग्रेसको नेतृत्वमाथि रास्वपाको प्रश्न

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकमा कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा नेपाली कांग्रेसको नेतृत्व स्वीकार गर्न नसकिने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले जुन दलसँग सम्बन्धित नेतामाथि प्रश्न उठेको छ त्यसले समितिको नेतृत्व गर्न नहुने बताउनुभयो ।

उहाँले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको उल्लेख गर्नुहुँदै ‘कुलिङ अफ पिरियड’ का बारेमा सभापतिले संसद्मा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद् भएको बताउनुभयो ।

“जुन दलसँग सम्बन्धित दलका नेताका बारेमा प्रश्न उठेको थियो । ती दलका नेताको संयोजकत्वमा समिति गठन नगर्ने सहमति एक वर्षअघि भएको थियो । तर यसपटक त्यसै गर्न खोजिएको छ । यो हामीलाई मान्य छैन,” उहाँले भन्नुभयो ।

प्रकाशित मिति : 15:00