ट्रेड टावरको आईपीओ डिम्याट खातामा जम्मा, कहिले हुन्छ नेप्सेमा सूचीकृत ?
२३ असार, काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ डिम्याट खातामा जम्मा भएको छ । सिडीएससीले आइतबार साँझ आईपीओ बाँडफाँडमा परेका लगानीकर्ताको डिम्याट खातामा सेयर जम्मा गरेको हो ।
अब कम्पनीका सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनेछ। नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि सेयर कारोबार सुरु गर्न सकिनेछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले गत असार १ गते कम्पनीको आईपीओ बाँडफाँड गरेको थियो ।
प्रकाशित मिति : २३ असार २०८२, सोमबार १२:५१