विकास हाइड्रोपावरको आइपीओमा आवेदको ओहोरो, सेयर पाउन भाग्यकै भर !
२२ असार, काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा आवेदनको ओइरो लागेको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म मागभन्दा धेरै बढी आवेदन परेको छ ।
सीडीएसका अनुसार अन्तिम दिन आइतबार साँझ ५ः०७ बजेसम्ममा कम्पनीको आइपीओमा २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको २१ लाख २० हजार ८५७ जनाले २ करोड ५६ लाख २७ हजार ११० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.७० गुणा बढी हो । आवेदनको परिमाण हेर्दा कम्पनीको आइपीओ हाता पार्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ ।
कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो।
प्रकाशित मिति : २२ असार २०८२, आईतवार १७:५२