२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

रिलायबल नेपाल लाइफको सीईओमा पुनः लोहनी नियुक्त

२२ असार, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा पुनः नारायण बाबु लोहनी  नियुक्त हुनुभएको छ। असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको १५५ औं  बैठकले लोहनीलाई पुनः आगामी चार वर्षको लागि  सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उहाँको नियुक्ति साउन १८ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ। लोहनीले यसअघि पनि कम्पनीको सीईओको जिम्मेवारी सम्हालिरहनु भएको थियो।

प्रकाशित मिति : 11:18