नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय
२१ असार, काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठले शनिबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिनुभयाे ।
अध्यक्ष श्रेष्ठले भोलि नै सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिनुभयाे ।
नाउपाबाट अरूणकुमार चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री हुनुहुन्छ । चौधरीले भोलि नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी रहेकाे छ ।
यसअघि नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।
संघीय संसदको प्रतिनिधि सभामा नाउपाका चार जना सांसद छन्।
प्रकाशित मिति : २१ असार २०८२, शनिबार २३:२७