२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी

२० असार, काठमाडौं । जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  नेपाल प्रहरीका सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत धम्क्याएको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

अध्यक्ष यादवविरूद्ध जिल्ला अदालत सर्लाहीबाट शुक्रबार पक्राउ पुर्जी जारी भएको छ। यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको थियो । अध्यक्ष यादवले फोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै गाली गरेकाे आरोप छ।

प्रकाशित मिति : 16:46