नाउपाले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
२० असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयाे ।
सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि दलको बैठकले सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उहाँले बताउनुभयाे ।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नाउपाले समर्थन फिर्ता लिएको हो
प्रकाशित मिति : 14:34









