९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

दरमखोला हाइड्रोको आईपीओमा १२ करोड ३७ लाख बढीको आवेदन, कतिले भरे ?

२० असार, काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले असार ९ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आईपीओमा हालसम्म १२ करोड ३७ लाख बढीको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज (असार २० गते) बिहान १०ः०६ बजेसम्म कम्पनीको आईपीओमा ६१ हजार ८९४ जना आवेदकले १२ करोड ३७ लाख ३३ हजार रुपैयाँ बराबरको १२ लाख ३७ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.२३ गुणा बढी आवेदन हो ।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित मिति : July 4, 2025 at 12:04 pm