३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

छुट्ला है ! एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१९ असार, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश सरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात असार २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागि हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले असार ३० गते होटल ईच्छा, सिमरा, बारामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिउँसो १ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : July 3, 2025 at 9:50 am