१० असार २०८३, बुधबार | Thu Jun 25 2026

नेप्सेमा एक इन्स्योरेन्सको सेयरमूल्य समायोजन

१९ असार, काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात इन्स्योरेन्सको सेयरमूल्य ५५६ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम मूल्य ६१२ रुपैयाँ २८ पैसा कायम भएको थियो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

इन्स्योरेन्सले असार ३० गते, सोमबार, अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रा.लि., भाटभटेनी, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : July 3, 2025 at 9:42 am