निरन्तर तेस्रो दिन बढ्यो नेप्से, ७ अर्ब ३ करोडको कारोबार
१७ असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । यस दिन नेप्से २८.९१ अंकले बढेर २६६०.३९ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५७ लाख ६४ हजार १ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड ३० लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था र ङादी ग्रुप पावरको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ। युनिलिभर नेपालको सेयरमूल्य यस दिन २.१३ प्रतिशत घटेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको सेयर यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४६ करोड १६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १५:२९













