१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

कुलिङ पिरियड हेरफेरबारे छानबिन गर्न माओवादीको माग

१७ असार, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिंदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएकाे छ ।

मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले राज्य व्यवस्था समितिले पारित गरेकोभन्दा फरक शब्दहरू ऐनमा राखिएको भन्दै यसमा नियतवश हेरफेर गरिएको बताउनुभयाे ।

‘यसमा सरासरी, नियतवश, समितिले पास गरेको विषयभन्दा बाहिर गरेको भन्ने समितिका सदस्यहरूको भनाइ छ,’ उहाँले भन्नुभयाे,’सभापतिले पनि मेरो जानकारीबिना भयो भन्नुभएको छ। यो हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरी जुनकुरा गरियो, षड्यन्त्र गरियो, बदमासी गरियो। तुच्छ कार्य हो यो।’ उहाँले यो कार्यको सबैभन्दा पहिला छानबिन हुनुपर्ने बताउनुभयाे।

प्रकाशित मिति : July 1, 2025 at 12:35 pm