२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१६ असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३८ करोड ७२ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन सहास उर्जा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ५३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा माई हाइड्राेपावरको ३१ करोड ४७ लाख ५८ हजार रुपैयाँ , बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख ७४ हजार रुपैयाँ, सप्तकोशी डेडलपमेन्ट बैंकको २५ करोड ७८ लाख ३६ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ५ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:19