२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने

१६ असार, काठमाडाैँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवा सुविधा फिर्ता गर्ने हुनुभएकाे छ । दुई कार्यकाल राष्ट्रपति बन्नुभएकी भण्डारी नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकाे घाेषणा गर्नुभएकाे छ ।

उहाँले एमालेमा आफ्नो सदस्यता नवीकरण गराउनुभएकाे छ। गृह मन्त्रालयमा पत्र पठाएर सरकारी सेवा सुविधा फिर्ता लिने तयारीमा भण्डारी रहेकाे भण्डारीनिकट स्रोतले जानकारी दियाे ।

अहिले सरकारले भण्डारीलाई दुई जना स्वकीय सचिवको तलब र सुरक्षाकर्मी बस्ने घरको भाडा तिर्ने गरेको छ । पूर्वराष्ट्रपति भण्डारीले शितल निवास छाडेयता सरकारले दिने तलब, निवास खर्च लगायतका सुविधा लिनुभएकाे छैन ।

भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराउनुभएकाे थियाे ।

प्रकाशित मिति : 17:07