२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

जुवा तास खेल्ने नुवाकोटका दुई जनासहित ११ जना पक्राउ

१६ असार, काठमाडौं । प्रहरीले एक घरमा तास खेलीसहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । असार १३ गते  प्रहरीले टोखा नगरपालिका १० स्थित नवज्योति मार्गमा रहेको एक घरबाट नुवाकोटको दुई सहित ११ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला पंचकन्या गाउँपालिका २ घर भइ टोखा बस्ने वर्ष ४० की लक्ष्मी न्यौपाने, नुवाकोटको किस्पाङ गाउँपालिका २ घर भइ काठमाडौं महानगरपालिका सामाखुशी बस्ने वर्ष ३९ का जसबिर तामाङ, म्याग्दीको मालिका गाउँपालिका ५ घर भइ तारकेश्वर नगरपालिका ४ बस्ने वर्ष ३७ की तिल कुमारी बुढा, गोरखा आरुघाट गाउँपालिका ७ घर भइ सोही स्थान बस्ने वर्ष ४२ को कृष्ण न्यौपाने, रसुवा जिल्ला कालीका गाउँपालिका ४ घर भइ हिलेटोल बस्ने वर्ष ४२ को गोबिन्द बहादुर तामाङ, गोरखा आरुघाट नगरपालिका ७ घर भइ जिल्ला ठमाडौं महानगरपालिका १० गोंगबु बस्ने वर्ष ३७ को शंकर धिताल, म्याग्दी मालिका गाउँपालिका १ निस्कोट घर भइ सोही स्थान बस्ने वर्ष ६६ को शेर बहादुर पुन, झापाको दमक नगरपालिका ३ घर भइ सोही स्थान बस्ने वर्ष ५० को बिमल अधिकारी, गोरखा आरुघाट गाउँपालिका ७ घर भइ सोही स्थान बस्ने वर्ष ४९ को खडक अधिकारी, गोरखा आजिरकोट गाउँपालिका ८ घर भइ सोही स्थान बस्ने वर्ष ४२ को कृष्ण सुनार र कास्की लेखनाथ नगरपालिका ३० घर भइ  काठमाडौं टोखा नगरपालिका ३ बस्ने वर्ष ४८ की बास्मति गुरुङ रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जबाट बाट खटिएको प्रहरी टोलीले पचास हजार नगद र ४ थान तास बुकसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहरा बताउनुभयो । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार ११:०२