गार्डियन माइक्रो लाइफको १ लाख भन्दा बढी कित्ता सेयरको लकइन अवधि साउनमा सकिदै
१६ असार, काठमाडाैं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीकाे १ लाख भन्दा बढी कित्ता सेयरको लकइन समय साउन ४ गते सकिदै छ । कम्पनीकाे सामूहिक लगानी कोषतर्फको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आउँदो साउन ४ गते सकिने भएको हो ।
कम्पनीले सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषलाई छुट्याइएको सेयर ६ महीनासम्म लकइनमा राख्नुपर्ने प्रावधान बमोजिम कम्पनीको सेयर लकइनमा रहेको थियो । संस्थापक र कर्मचारीतर्फको सेयर भने ३ वर्षसम्म लकइनमा रहनेछ ।
प्रकाशित मिति : १६ असार २०८२, सोमबार १०:२५













