९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

काठमाडौं अदालतबाट भागेका थुनुवा बसपार्कबाट पक्राउ

१५ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा गोंगबु बसपार्कबाट पक्राउ परेका छन्। आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही अदालतको शौचालयबाट फरार भएका थिए।

उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । रूकुम पश्चिम घर भई गोंगबु बस्ने शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले जेठ २० गते पक्राउ गरेको थियो। उनलाई थुनछेकका लागि अदालतमा लगिएको थियो। ४ नम्बर इजलासमा उनको थुनछेक चलिरहँदा उनी शौचालयको झ्यालबाट हतकडीसहित फरार भएका थिए।

प्रकाशित मिति : June 29, 2025 at 5:48 pm