२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन

१५ असार, काठमाडौं ।  आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले  निजामती सेवा विधेयकको प्रति संसदको रोष्ट्रमबाटै च्यात्नुभएको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा उहाँले विधेयक पुस्तक च्यातिदिनुभएको हो। उहाँले विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने भन्दै यो विधेयक पारित भयो भने देशमा आगो बल्ने चेतावनी दिनुभएको छ ।

साहले भन्नुभयो, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा अयोग बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो पारित भयो भनेगरिबका लागि कालो दिन हुन्छ ।’

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १५:४९