२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको छैटौं सचिवालय बैठकले पार्टी अध्यक्षमाथि राजनीतिक प्रतिशोधका साथ भ्रष्टाचारको मुद्दा लगाएर फसाउन खोजेको निष्कर्ष बैठकले निकालेको प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो ।

राजनीतिक प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले सफाइ पाउने उहाँको भनाइ छ । नेपालले अध्यक्षको रूपमा काम गरिराख्ने र संसदीय दलको नेताबारे दलकै बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १८:०५