काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ
१३ असार, काठमाडौं । पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भेटवाल १० करोड रूपैयाँको बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका हुन् । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि २०७९ फागुन १० गते पनि उनी ३ करोडको चेक बाउन्स मुद्दामा पक्राउ परेका थिए ।
प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १३:१७