९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

छ्याङदी हाईड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

१२ असार, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीले निष्काशन गरेको हकप्रद सेयरमा अब असार २७ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु।१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गरेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गते बुकक्लोज गरेको थियो। यसको अर्थ जेठ १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : June 26, 2025 at 9:46 am