२२ चैत्र २०८२, आईतवार | Sun Apr 5 2026

यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

११ असार, काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार सेयर बजार झिनो अंकले घटेकाे छ । बुधबार नेप्से परिसूचक ०.३३ अंक घटेर २६००.२० विन्दुमा बन्द भएकाे छ।

आज मोदी इनर्जीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य यस दिन ३० रुपैयाँ १२ पैसा बढेर ३३१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन तेह्रथुम पावरको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १५:३१