विन नेपाल लघुवित्तको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त
११ असार, काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडा नियुक्त हुनुभएको छ । असार ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
खतिवडा हाल संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत हुनुहुन्छ । उहाँलाई असार १० गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ११ असार २०८२, बुधबार १४:५०