१४ जेष्ठ २०८३, बिहिबार | Fri May 29 2026

भिजिट भिसा प्रकरणमा संलगन कोही पनि उम्कनु हुँदैनः ठाकुर गैरे

१० असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले भिजिट भिसा प्रकरणमा सङ्लग्न सबैलाई कारवाही गर्नुपर्ने माग गर्नुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा समय मागरे बेल्दै उहाँले भन्नुभयो, “भिजिट भिसा प्रकरणले सिङ्गो नेपाल र नेपाली जनताको गम्भीर ध्यानाकर्षण भएको छ, भिजिट भिसा प्रकरणमा जुन रूपमा नेपाली ठगिएका र सास्ती पाएका, त्यसबाट धेरै सम्पत्ति गुमाएका, यसबाट कोही पनि दोषी उम्कनु हुँदैन, कुनै पनि निर्दोष व्यक्ति उम्कन पाउनु हुँदैन ।”

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरण छानविन प्रक्रियालाई कुनै अवरोध गर्न नहुने उल्लेख गर्दै सांसद गैरेले भिजिट भिसा प्रकरणजस्ता काण्डलाई आगामी दिनमा दोहोरिन नदिन कानुनगत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “यो संसद्मा जनताका समसामयिक विषयमा छलफल हुनुपर्ने हो, आर्थिक सङ्कट निवारणको विषयमा छलफल हुनुपर्ने हो, बजेटबारे पर्याप्त छलफल हुनुपर्ने, सुशासन र समृद्धिको बारेमा छलफल हुनुपर्ने तर अन्य विषयमा छलफल भइरहको छ ।”

प्रकाशित मिति : June 24, 2025 at 2:40 pm