सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
९ असार, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन साेमबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । आइतबार ९ अर्ब १४ करोडको सेयर खरिदबिक्री भएको थियाे ।
यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकाे छ। गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। यस दिन राधी विद्युत कम्पनीकाे सबैभन्दा बढी काराेबार भएकाे छ ।
प्रकाशित मिति : June 23, 2025 at 3:29 pm


