३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

लागुऔषध खैरो हेरोइन बिक्री गर्ने धादिङकी सरिकासहित तीन जना पक्राउ

९ असार, काठमाडौं । लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका वडा नं. २ घर भएकी २९ वर्षकी सरिका तामाङ गुरुङ, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.९ घर भई शंखमुल बस्ने ४८ वर्षका सन्तोष कुमार साह र काठमाडौं महानगरपालिका वडा नं. १७ घर भएका ३८ वर्षका सन्दिप शाही रहेका छन् ।

उनीहरूलाई प्रहरीले काठमाडौंकाे तारकेश्वर नगरपालिका वडा नं. ४ लोलाङ हाईटबाट असार ६ गते पक्राउ गरेकाे हाे । लागुऔषध खैरो हेरोइनको बिक्री वितरण भई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडाैंबाट खटिएकाे टाेलीले लोलाङ हाईट स्थित एक घरबाट उनीहरूलाई पक्राउ गरेकाे हाे  ।

साथै, उनीहरूकाे साथबाट प्रहरीले लागु औषध खैरो हेरोइन जस्तो देखीने पदार्थ १०.३६ ग्राम, १ लाख  ७४ हजार नगद, प्रदेश ३-०२-०१४ प ६२२७ नम्बरको स्कुटर र बागमती प्रदेश-०२-०५६ प ७८०० नम्बरको मोटरसाईकल बरामद गरेकाे छ । उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार १२:३७