७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लाभांश प्रस्ताव पारित गर्न एशियन लाइफले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

९ असार, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

कम्पनीले असार ३० गते होटल ईच्छा सिमरा, बारामा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो १ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्पबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसकाे अर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : June 23, 2025 at 9:58 am