काठमाडौँको टोखाबाट मोटरसाइकल चोरी गर्ने नुवाकोटका कुमार पक्राउ
८ असार, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँको टोखा नगरपालिका ९ विनायक हस्पिटल स्थित सडक खण्डबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका ३ चोगते बस्ने २९ वर्षीय कुमार लामा रहेका छन् । वास्तविक नम्बर बागमती प्रदेश ०२-०५० प १९०० रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४९ प २४ ६८ राखि चलाईरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाइकल रामेछापको उमाकुण्ड गाउँपालिका १ का छेवाङ शेर्पाले काठमाडौं महानरपालिका ६ कपन भृकुटीचोकबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।नियन्त्रणमा आएका लामालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : ८ असार २०८२, आईतवार १७:३७