१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

२६०० विन्दुभन्दा तल झर्यो नेप्से, ९ अर्ब १४ करोडको कारोबार

८ असार, काठमाडौं ।  साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

यस दिन ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार रुपैयाँ बराबरको २ करोड १५ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे छ। सो कम्पनीको सेयरमूल्य यस दिन ३१ रुपैयाँ ६२ पैसा बढेर ३४८ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। पियोर इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ। यस दिन दोर्दी खोला जलविद्युत कम्पनीकाे सर्वाधिक काराेबार भएकाे हाे ।

प्रकाशित मिति : June 22, 2025 at 3:28 pm