२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

नेपालमा युवाहरूको स्थितिका बारेमा राज्यले जानकारी लिनुपर्छः चित्रबहादुर केसी

८ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल चलिरहँदा नेपालमा युवाहरूको स्थिति कस्तो छ भनेर प्रष्ट हुन आवश्यक रहेको बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उहाँले नेपालमा युवाहरूको स्थितिका बारेमा राज्यले जानकारी लिनुपर्ने बताउनुभएकाे हाे  । उहाँले भन्नुभयो, “अहिले नेपालमा युवाहरूको स्थिति कस्तो छ, हामीले हाम्रा युवालाई के पढाइरहेका छाैँ ?, के सिकाइरहेका छौँ ?, हाम्रो शैक्षिकस्तर कस्तो छ ?, अहिले हाम्रा नयाँ युवालाई सिकाएको ज्ञान तिमी विदेश जान तयार हुनुपर्छ भन्ने सिकाइ त होइन? त्यसैले शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक छ ।”

प्रकाशित मिति : ८ असार २०८२, आईतवार १३:४९