ग्रामीण विकास लघुवित्तले बोलायो साधारण सभा, मर्जरको प्रस्ताव पारित हुँदै
८ असार, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ। कम्पनीकाे असार ५ गते बसेको सञ्चालक समितिको बैठकले असार २८ गते बुटवलस्थित आफ्नो प्रधान कार्यालयमा बिहान ११ बजे दशौं वार्षिक साधारण सभा बाेलाएकाे हो ।
सभामा ग्रामीण विकास लघुवित्तको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको छ भने समाज लघुवित्तको चुक्ता पुँजी २ करोड २८ लाख ५० हजार रुपैयाँ छ। मर्जर पश्चात १:१ को अनुपातमा सेयर आदानप्रदान गरिने प्रस्ताव गरिएको छ। त्यसअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।
यसैगरी सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : 10:08









