२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

बैंकिङ कसुर मुद्दामा २१ लाख बिगो रकम र २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ

६ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजायको फैसला भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–२२ घर भएर छाउनी बस्ने ५२ वर्षीय प्रवणलाल सिंह छन् । उनलाई बिहीबार छाउनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताउनुभयाे ।

उक्त मुद्दामा २१ लाख रूपैयाँ बराबरको बिगो रकम र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परसिर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १५:३०