१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

रास्वपा र राप्रपाले गर्यो प्रतिनिधि सभा बैठक बहिष्कार

६ असार, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। तर दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथिको छानबिनको माग राख्दै सदन अवरोधको कार्यक्रम निरन्तर जारी राखेपछि सभामुख देवराज घिमिरेले विशेष कारण भन्दै  प्रश्नउत्तर कार्यक्रमलाई कार्यसूचीबाट हटाउनुभएकाे थियाे ।

सभामुख घिमिरेले सांसद अमरेशकुमार सिंहलाई बोल्न अनुमति दिएपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : June 20, 2025 at 12:30 pm