२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

६ असार, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक शुक्रबार बस्दैछ। प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुन लागेको हो।

प्रमुख दलहरूको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।  बिहीबार पनि बैठक बस्ने तय भए पनि स्थगित गरिएको थियो।

प्रकाशित मिति : 10:37