२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेप्सेमा एक हाईड्रोपावरको सेयरमूल्य समायोजन

६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। कम्पनीले जारी गर्न लागेको १ः०.६५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य ३१६ रुपैयाँ ९८ पैसा कायम भएको छ। नेप्सेले बिहीबारकाे अन्तिम मूल्य अनुसार कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। बिहीबार दोस्रो बजारमा कम्पनीको अन्तिम मूल्य ४५८ रुपैयाँ २ पैसा कायम भएको थियो। समायोजनपश्चात आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार ०९:३७