७ असार २०८३, आइतबार | Mon Jun 22 2026

लाभांश प्रस्ताव पारित गर्दै रिलायबल नेपाल लाइफको वार्षिक साधारणसभा सम्पन्न

२ असार, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा कम्पनीको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

उक्त सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ। साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू पारित गरी गरेको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख पुग्ने भएकाले सोही बमोजिम गर्न र नियमनकारी निकायबाट निर्देशन भएमा वा आवश्यक परेमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २६ गते एक दिन बुक क्लोज गरेको थियो । यसको अर्थ जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : June 16, 2025 at 3:06 pm