सानिमा रिलायन्स लाइफको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
३० जेठ, काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयर बिक्रिमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक समूहतर्फको २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि सो सेयर संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरि बिक्रीमा राखेको थियो । तर सो समयमा उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । सो सेयर खरिद गर्न इन्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार ०९:२२












