अनेरास्ववियुको २४ औँ अध्यक्षमा सुजन कडरिया, एमालेको सत्तामाथि प्रकाशको धक्का
२९ जेठ, काठमाडौँ । नेकपा (एमाले)को जनवर्गीय संगठन (अनेरास्ववियु)को २४ औँ महाधिवेशनबाट अध्यक्षमा सुजन कडिरया विजयी भएका छन । पार्टी सत्ताका उम्मेदवार रामेछापका डा सुजन कडरियाले ७ मतान्तरले प्रकाश पाैडेललाई पराजित गरे ।
अध्यक्षमा म्याग्दीका प्रकाशले पार्टी सत्ताको सम्पूर्ण शक्ति लाग्दा पनि झिनो मतान्तरको पराजय व्यहोरेका छन । प्रकाशले ७२५ मत प्राप्त गरे भने सुजनले ७३२ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवकोटी विजयी भए भने महासचिवमा दीपक धामी विजयी भए । त्यस्तै उपमहासचिवमा कमल जोशी विजयी भए । सचिवमा आकाश घर्ती, ई रचना सापकोटा, समिरबाबु खान र गोपाल नेपाल विजयी भए । त्यस्तै आयोगको अध्यक्षहरूमा प्रकाश विष्ट, अञ्जली लम्साल, सुमन घिमिरे र जितप्रसाद सिटौला विजयी भए । नेतृत्व चयनका लागि १४५७ प्रतिनिधिले मतदान गरेका थिए । महाधिवेशनमा १५३४ प्रतिनिधि थिए ।
प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार ००:३२