मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकलेमौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि आम सर्वसाधारणबाट सुझवा माग गरेको हो ।
राष्ट्र बैंकले असार १० गतेसम्म बैंकमा आफ्ना सुझावहरु पेश गर्न आग्रह गरेको छ । सुझाव बैंकको आर्थिक अनुसन्धान विभागमा (इमेल: [email protected]) मा पेश गर्न सकिने बैंकले जनाएकाे छ । प्राप्त सुझावलाई समेत प्राथमिकतामा राखेर केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको ब्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १६:५७