२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

अनेरास्ववियु नेतालाई ओलीको निर्देशनः उमेर हदको विपक्षमा कोही पनि नलाग्नु

२३ जेठ, काठमाडाैँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अधिवेशन जेठ २५ गते कीर्तिपुर उद्घाटन हुँदैछ । नेकपा एमालेको ५२ औं सचिवालयको बैठकले अखिलमा उमेरहद लगाएपछि १७ पदाधिकारी मध्ये अध्यक्ष समिक बडाल सहित १२ जना पदाधिकारी एकैपटक विदा हुँदैछन् ।

अधिवेशनको सन्दर्भमा पारेर हिजो बिहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एमाले) का अध्यक्ष तथा प्रम केपी ओलीले अनेरास्ववियुका पदाधिकारी तथा पूर्व अध्यक्षहरूसँग सामुहिक भेटघाट गरेका छन् । सो भेटमा ओलीले २ वटा कुरा प्रष्ट रुपमा सन्देश दिएका छन् ।

भेटमा सहभागि एक पदाधिकारीका अनुसार ओलीले भन्नुभएको छ “स्ववियु निर्वाचनले नै अखिलमा उमेर करेक्सन गरेर अघि बढ्ने सन्देश दिएको हुँदा, पार्टीले त्यो विषय सोचिरहेको थियो, तपाइहरुले पनि लामो समय अघि देखि बहस गर्दै आउनुभएको थियो । स्ववियुमा २८ वर्षको हदबन्दी भएको अवस्थामा, थप २ वर्ष संगठनमा काम गर्ने र २ वर्ष कुलिङ पिरियड जस्तो हुने हुँदा, पार्टीले निकै सोच विचार गरेर यो निर्णय गरको छ । यसको विपक्षमा लागेर दायाँबायाँ नलाग्नु । पूर्व अध्यक्षहरु यसो साउती गरेको सुनिन्छ, पार्टीले गरेको निर्णय उल्टिदैन् । उक्त निर्णयलाई कार्यान्वयन गर्न लाग्नु, अनावश्यक चलखेलमा समय खेर नफाल्नु ।”

उमेरहदको विपक्षमा अखिल महासचिव नरेश रोकाय सहित केहि लागेको र पार्टि निर्णयविरुद्ध सामाजिक सञ्जालमा लेखेपछि ओली आक्रोशित भएका थिए । ओलीले उमेरहदका कारण अखिलको सचिवबाट बाहिरिदै गरेका मनोज ताम्लीलाई २०८४ को लागि झापा झरेर तयारी गर्न सुझाव समेत दिनुभएको छ । भेटवार्तामा अखिलमा उमेरहद किन लगाउनुपरेको भन्ने विषयमा जनसंगठन संयन्त्रका प्रमुख भानुभक्ता ढकाल र अनेरास्ववियुका अध्यक्ष समिक बडालले बिफ्रिङ गर्नुभएको थियो ।

प्रकाशित मिति : 19:32