माधव नेपालको सांसद पद निलम्बन
२२ जेठ, काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।
आयोगले बिहीबार पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। भ्रष्टाचार मुद्दा दायरसँगै सांसद नेपालको पद स्वत निलम्बनमा परेको हाे।
प्रकाशित मिति : June 5, 2025 at 1:46 pm









