२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

२१ जेठ, काठमाडाैं ।  प्रतिनिधि सभा बैठकको समय सरेको छ। बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक आजै दिउँसो ३:१५ बजे बस्ने गरी समय परिवर्तन भएको हो।

संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक आजै दिउँसो बस्ने जानकारी दिएको हो। भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको प्रतिपक्षी दलले संसद् अवरोध गराउँदै आएका छन् । सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भिजिट भिसा प्रकरणमा न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेसँगै मङ्गलबार पनि बैठक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : 15:35